त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र डाईमन्डसहित एक जना पक्राउ

Dadeldhura hospital

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नेपाली मुलका अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्‍वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि‌ं ५४ ग्राम ७५ मिलिग्रामसहित विश्‍वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मलेसियन एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्र अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा उक्त सुन तथा डाईमन्ड फेला परेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navadurga sun
Godawari sandesh
Loading...