हावाहुरी र वर्षाले मकैबाली नष्ट

बैतडी- वर्षा र हावाहुरीले जिल्लाको विभिन्न स्थानका अन्नबालीमा क्षति पुगेको छ। केही दिनदेखिको वर्षासँगै हावाहुरीले जिल्लाको दोगडाकेदार, सुर्नया, डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुगेको हो।

Ganyapdhura gau

हावाहुरीले मकै, भटमासलगायतका अन्नबालीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका गणेश विष्टले जानकारी दिए। ‘पानीसँगै आएको हावाहुरीले मकै,भटमासलगायत बालीमा क्षति पुगेको छ’, उनले भने, ‘घोगा लाग्न लागेका मकैका बोट ढलेर नष्ट भएका छन्।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मुख्य खाद्यबालीको रूपमा रहेको मकैबालीमा हावाहुरीले क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन्। घोगा लाग्ने तयारीमा रहेको मकै बोट हावाहुरीले ढलेपछि उत्पादनमा पनि कमी हुने भएपछि किसान चिन्तित भएका हुन्। मेहनत गरेर लगाएको मकै घोगा लाग्ने बेला सबै हावाहुरीले नष्ट गरेपछि चिन्ता बढेको सुर्नयाका किसान केशव बोहराले बताए।

‘घोगा लाग्ने बेला ढलेर मकैमा क्षति पुगेको छ’, उनले भने, ‘यसले उत्पादन पनि कमी हुने देखिएको छ ।’ हावाहुरी र वर्षाको प्रभावका साथै वन्यजन्तुले समेत हरेक वर्ष मकैबालीमा व्यापक क्षति पुर्‍याउने गरेका छन्।

बैतडी मकै ‘जोन’ क्षेत्र भएपनि विभिन्न कारणले मकैबालीमा क्षति हुँदै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । बाली बिमा नहुँदा किसानले क्षति भए पनि राहत पाउँदैनन्। बैतडीमा १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ।

 

Loading...