महाकाली प्रादेशिक अस्पताललाई भीमदत्त नगरपालिकाले १० लाख सहयोग गर्ने

कञ्चनपुर, ३१ जेठ– भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई १० लाख सहयोग गरेको छ । अस्पतालमा कार्यरत दुई विशेषज्ञ चिकित्सकको पारिश्रमिकका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

Dadeldhura hospital

अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्थाका लागि आवश्यक आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे अनुरुप रकम उपलब्ध गराइएको नगर प्रमुख बिष्टले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

‘अस्पतालको आन्तरीक श्रोतबाट रकम व्यहोर्न नसकिने भएपछि आर्थिक सहयोग गरेका हौं’ उनले भने, ‘अस्पतालको गुणस्तरीय सेवाका लागि आगामी बर्षमा समेत आवश्यक सहयोग जारी रहन्छ ।’ यस अघि नगरपालिकाले अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि २० लाख रकम सहयोग गरेको थियो । (रासस)

Loading...