सुदूरपश्चिम विश्वविद्यालयबाट २,४८९ विद्यार्थी दीक्षित, पहिलो पटक चार जनालाई डिन्स पदक

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको छ। समारोहमा विभिन्न संकायका दुई हजार ४८९ विद्यार्थी दीक्षित भएका छन्।

Ganyapdhura gau

यस अवसरमा विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त डा. तुलसी कुमारीलाई पनि दीक्षित गरिएको थियो। विश्वविद्यालयले पहिलो पटक चार जना उत्कृष्ट विद्यार्थीलाई डिन्स पदक प्रदान गरेको छ। उक्त पदक मथुरा प्रसाद उपाध्याय, कैलाशराज भट्ट, आयुषा जोशी र भरत साउदले प्राप्त गरेका छन्।

Navadurga sun
Godawari sandesh

यस्तै, चान्सलर पदक व्यवस्थापन संकायका निशान्त चन्द तथा भ्वाइस चान्सलर पदक कृषि विज्ञान संकायका कैलाशराज भट्टले प्राप्त गरेका छन्। स्वर्ण पदक ललित कार्की, दुर्गा देवी, निशान्त चन्द, प्रेमबहादुर रोकाया, दिवाकर पन्त, भरत साउद, कविता जोशी, रजिन बोहरा र कैलाशराज भट्टलाई प्रदान गरिएको छ।

Dadeldhura hospital

दीक्षान्त समारोहमा ७६७ विद्यार्थी गाउनसहित सहभागी भएका थिए। सहभागीमध्ये कृषि विज्ञानका ३३, शिक्षा संकायका २४२, इन्जिनियरिङका ५३, मानविकी तथा सामाजिक विज्ञानका १८२, व्यवस्थापनका २३९ तथा विज्ञान तथा प्रविधि संकायका १८ विद्यार्थी रहेका थिए।

परीक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार नवौँ ग्रेस लिस्टमा समावेश २,४८९ विद्यार्थीले ट्रान्सक्रिप्ट प्राप्त गरेपछि उनीहरूलाई दीक्षित गरिएको हो। समारोहमा विद्यार्थीसँगै अभिभावकहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयबाट हासिल गरेको ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न विद्यार्थीलाई आग्रह गरे। उनले विद्यार्थीको सफलतामा अभिभावकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरे। साथै, टीकापुर क्याम्पसको तीन सय बिघा जग्गालाई प्रभावकारी रूपमा उपयोगमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए।

प्रमुख अतिथि साहित्यकार प्रा.डा. तुलसीप्रसाद जोशीले दीक्षान्त केवल प्रमाणपत्र वितरणको कार्यक्रम नभई शिक्षा र ज्ञानलाई जीवनमा व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धताको अवसर भएको बताए। उनले ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने दक्षता विकास गर्न विद्यार्थीलाई आग्रह गरे।

यसैबीच, दीक्षान्त समारोहमा कञ्चनपुरमा कार्यरत चार सञ्चारकर्मी पनि दीक्षित भएका छन्। सञ्चारकर्मी सुरज श्रेष्ठले व्यवस्थापन संकायमा स्नातकोत्तर, कल्पना साउद र सन्तोषी पाण्डेयले मानविकी तथा सामाजिक विज्ञान संकायअन्तर्गत पत्रकारिता विषयमा स्नातक तथा मदन गिरी पनि दीक्षित भएका छन्।

Couple
Loading...