धनगढी उपमहानगरका दुई कर्मचारी निलम्बनमा

धनगढी- धनगढी उपमहानगरपालिकाका दुई जना कर्मचारी निलम्बनमा परेका छन्। उपमहानगरपालिकाका प्राविधिक कर्मचारी निलम्बनमा परेको उपमहानगर स्रोतले बताएको छ।

सरकारी बाटो कायम नगरेरै कित्ताकाटका लागि सिफारिस गरेको भेटिएपछि ती कर्मचारी एक महिनाका लागि निलम्बनमा परेको बताइएको छ। जग्गा व्यवसायीले सरकारी जग्गामा भएको बाटो देखाएर कित्ता काटका लागि सिफारिस लगेको पाइएको छ।

Navadurga sun

फिल्डमा गएर अनुगमन गर्ने र नियमअनुसार काम गर्नुपर्नेमा सो नगरेको पाइएपछि दुबै जना कर्मचारीलाई निलम्बन गरिएको हो। कर्मचारीको नाम तथा पद भने उपमहानगरले गोप्य राखेको छ।

 

 

ADD Khali jpg
Loading...