


अत्तरिया- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरुले मुख्य निर्वाचन अधिकृत विर बहादुर जेठाराबाट सपथ लिएका हुन् ।






गत असार २३ गते सम्पन्न निर्वाचनमा संघको अध्यक्षमा कल्याण सिंह बोहरा विजयी भएका थिए । त्यस्तै उपाध्यक्ष उद्योगमा दल बहादुर खड्का, उपाध्यक्ष वाण्ज्यिमा फागुराम चौधरी, उपधाध्यक्ष वस्तुगततर्फ चेतराज पन्त विजयी भएका थिए ।

त्यसैगरी महासचिवमा शंकर बहादुर खड्का, कोषाध्यक्षमा हेमराज भण्डारीे सचिवमा दिलिपकुमार साँउद निर्वाचित भएका थिए । त्यसैगरी सदस्यहरुमा रमेश भट्राई, बम बहादुर बोगटी, ज्ञानेन्द्र खड्का र बालकृष्ण ओझा विजयी भएका थिए ।





