बेलौरीबाट लागुऔषधसहित एक जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–३ खिरीयास्थित रहेको भुईया मन्दिर नजिकैबाट ३.०१ ग्राम लागु औषध (खैरो हेरोइन) सहित सोही ठाँउ बस्ने २२ वर्षीय फिलिप रानालाई बुधवार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Loading...