सुदूरपश्चिममा बजेटमाथि सत्तारुढ दलकै आक्रोश

धनगढी- सुदूरपश्चिम प्रदेशसभामा सुरु भएको बजेटमाथि भएको छलफलका क्रममा बिहीबार सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकै सांसदहरुले चर्को आलोचना गर्दै संशोधनको माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले सांसदले भने मुख्यमन्त्रीमाथि सत्तारुढ दलकै अविश्वास भएकाले नैतिक प्रश्न उठिसकेको बताएका छन् । यस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा संयुक्त सरकार छ ।

Dadeldhura hospital

प्रमुख प्रतिपक्षी दल एमाले सांसद धर्मराज पाठकले मुख्यमन्त्रीमाथि सत्तारुढ दलकै अविश्वास देखिएकाले उनीमाथि नैतिक प्रश्न उठेको बताएका हुन् । उनले बजेटको प्रस्थान विन्दु र गन्तव्य नै ठीक नभएको बताए ।

Navadurga sun
Godawari sandesh

बजेटमाथिको छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद मेघराज खड्काले बजेटको चर्को आलोचना गरे । खड्काले बजेट दिशाहीन भएको बताउँदै प्रदेश सांसदहरुलाई बेवास्ता बजेट ल्याइएको बताए । माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले बजेट मनपरी ढंगले आएकाले यथास्थितिमा समर्थन गर्न नसकिने बताउँदै संशोधन हुनुपर्नेमा जोड दिए ।

 

 

Loading...