बाटोमा शिशुको जन्म

डडेलधुरा- परशुराम नगरपालिका–८, जमरानीका मीना लुहारले बाटोमै बच्चा जन्माउनुभएको छ। गाउँमा सडक र अस्पतालको पहुँच नभएका कारण उहाँले बाटोमै बच्चा जन्माउन बाध्य हुनुभएको हो।

परशुराम नगरपालिका–८ की कविता धमलाका अनुसार मङ्गलबार बेलुकी उहाँलाई प्रसव पीडा सुरु भएको हो। त्यसपछि पिठिउँमा बोकेर सादनी स्वास्थ्य चौकी लैजाने क्रममा बेलुकी ६स्३० बजे लामिगडाको जङ्गलमा शिशु ९छोरा० को बच्चा जन्मिएको हो।

Navadurga sun

सो गाउँमा बिरामी बोक्ने स्टेचरसम्म नभएपछि स्थानीय महिलाले आलोपालो पिठिउँमा बोकेर अस्पताल लैजाने गरेको धमलाले बताउनुभयो। घरबाट दुई घण्टाको दुरीमा रहेको स्वास्थ्य चौकी पुग्न एक घण्टाको पैदल यात्रा बाँकी थियो, बिच बाटोमै बच्चा पाउन सफल हुनुभयो, स्थानीय भूपेन्द्र धामीले भने ।

बच्चा जन्मिए पनि रक्तस्राव नरोकिएकाले मीना र बच्चालाई उपचारका लागि सादनी स्वास्थ्य चौकी पु¥याइएको उनले बताए । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...