कैलालीमा वन फडानी संलग्नको आरोपमा अध्यक्षका भाइसहित दुई जना पक्राउ

धनगढी- कैलालीको गोदावरी नगरपालिकास्थित सामुदायिक वनहरूमा फडानी भएको पाइएको छ। कैलालीको चुरे क्षेत्रसँग जोडिएको गोदावरी नगरपालिका–१२ मा पर्ने रातोपानी सामुदायिक वनमा व्यापक फडानी भइरहेको पाइएको हो। उक्त सामुदायिक वनभित्रै करिब सयको संख्यामा सालका हरिया र सुकेका रुख काटेर चिरान गरेको भेटिएको बताइएको छ ।

Ganyapdhura gau

वन फडानी गरी तस्करी गर्दै गरेको अवस्थामा स्थानीयले दुई जनालाई पक्राउ गरेका छन्। सामुदायिक वनका अध्यक्ष कैलाश विक र केही वन कर्मचारीको संलग्नतामा सो क्षेत्रमा व्यापक वन फडानी भइरहेको स्थानीयको भनाई छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

ठुलो परिमाणमा काठ तस्करी भएपनि १५० क्यूफिट काठ मात्रै बरामद भएको देखाएर मुख्य तस्करलाई वनका अध्यक्ष र कर्मचारीको मिलेमतोमा बचाउने काम भएको स्थानीयको आरोप छ ।

यता ईलाका वन कार्यालय अत्तरियाका अधिकृत निरञ्जन कडालले सामुदायिक वनका अध्यक्ष कैलाश विकका भाइ कर्णबहादुर विक र स्थानीय टेकराज ओझा वन फडानीमा संलग्न रहेको भन्दै वन मुद्दा परेको बताए । दुवै जनालाई पक्राउ समेत गरिएको छ ।

उनले सो क्षेत्रमा एक सय ९० क्यूफिट काठ बरामद भएको र ठुलो मात्रामा सालको रुख कटानी भएको बताए । करिब १०० को संख्यामा सालका रुख काटिएको बताउँदै तस्करहरूले वनभित्रै चिरान गरेर काठ मिलहरूमा काठ बेच्ने गरेको पाइएको स्थानीयको भनाई छ ।

उनीहरूले क्षेत्रमा वन फडानीसँगै बँदेल, चित्तल लगायतका वन्यजन्तुसमेत सिकार हुने गरेको बताएका छन् । सामुदायिक वनका अध्यक्ष कैलाश विककै संलग्नतामा वन फडानीसँग चोरी तस्करी हुने गरेको स्थानीयको आरोप छ ।

Loading...