

धनगढी- कैलालीमा भारतीय सीमावर्ती क्षेत्रबाट कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका–१९ को आँखीफुुट्टेबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा कटुुवा पेस्तोल बरामद गरेको जनाएको हो ।



सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) धिरेन्द्र शाहले सहायक सीमा स्तम्भ नम्बर ७३७÷३ नजिकै गाईगोरु हेर्न बनाइएको खरले छाएको छाप्रोभित्र पेस्तोल भेटिएको जानकारी दिए ।


उनकाअनुसार बिओपी लल्लीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) कृष्णबहादुर थापा नेतृत्वको टोलीले पेस्तोल बरामद गरेको हो ।बरामद गरिएको पेस्तोल आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

