दार्चुलामा बलात्कारको आरोपमा १ जना पक्राउ




दार्चुला, ३१ जेठ- दार्चुलामा बलात्कार गरेको आरोपमा १ युवक पक्राउ परेका छन् । महाकाली नगरपालिका वडा नं. ७ की १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७ धापका २५ वर्षीय कपिलराम कोलीलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।



जेठ २१ गते पीडित बालिकालाई बलात्कार गर्न खोज्ने आरोपित कोलीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका आरोपितविरुद्ध जबरजस्तीकरणी उद्योग अन्तर्गत आइतबार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


फरार रहेका कोलीलाई शनिबार राती घरबाटै पक्राउ गरि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए । पीडितको आइतबार नै जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य परिक्षण गरिएको चन्दले बताए ।



