कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढी- कैलालीमा लागु औषधसहित दुई जना पक्राउ छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर–१ गणेशपुरमा आइतबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय अनिल चौधरी र ब्लक नम्बर–१९ का २५ वर्षीय डायमन्ड विक्रम शाहलाई पक्राउ गरेको हो।

Dadeldhura hospital

शङ्का लागि चेकजाँच गर्दा शाहले लगाएको हाफ पाइन्टको दायाँ तर्फको खल्तीमा लुकाई छिपाइ राखेको १८० मिलिग्राम खैरो हेरोइन र चौधरीले बोकेको झोला भित्र ५२० मिलिग्राम लागु औषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

Navadurga sun
Godawari sandesh

चौधरीको घरको कोठासमेत खानतलासी गर्दा कोठाबाट २ ग्राम ९०० मिलिग्राम लागु औषध फेला पारी बरामद गरेको प्रहरीले बताएको छ। दुबैलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ।

 

 

Loading...