कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित पाँच जना पक्राउ

धनगढी- कैलाली र कञ्चनपुरबाट एकैदिन लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। कञ्चनपुरबाट तीन र कैलालीबाट लागुऔषधसहित दुई गरी पाँच जना पक्राउ परेका हुन्। कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट ९८० मिलिग्राम लागुऔषधस दुई जना शुक्रबार राति पक्राउ परेका छन्।

Dadeldhura hospital

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी गस्ती टोलीले टीकापुर नगरपालिका–१ का २८ वर्षीय बिनोद चौधरी र वडा नम्बर ३ का २६ वर्षीय लंक चौलागाई लागुऔषधसहित पक्राउ परेका हुन्। दुबै जनालाई एक थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट एक ग्राम लागुऔषधसहित थप तीन जना पक्राउ परेका छन्। शुक्रबार साँझ बेलौरी नगरपालिका–१० सडकघाटका २२ वर्षीय सुरज चौधरीसहित तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

 

Loading...