सिभिल लघुवित्त वित्तिय संस्था लालपुर शाखाले गर्‍यो, ७५ जना विद्यार्थीलाई शैशिक समाग्री वितरण

Dadeldhura hospital

अत्तरिया– कैलालीले गोदावरी नगरपालिका – ४ मा रहेको दशरचन्द्र प्राथमिक विद्यालयका ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सिभिल लघुवित्त वित्तिय संस्था शाखा कार्यालय लालपुर कैलालीले ११ औं बार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई शैशिक्ष सामग्री वितरण गरेको हो ।

Ganyapdhura gau

सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको शाखा प्रमुख दुर्गा थापाले जानकारी दिएका छन । बिहिबार अस्थायी प्रहरी कार्यालयका प्रमुख कृष्ण जोशीको प्रमुख आतिथ्यमा तथा सिभिल लघुवित्त वित्तिय संस्थाका अनुगमन अधिकृत शिवराज उपाध्यायको आतिथ्यमा शैक्षिक साम्राग्री वितरण गरिएको थियो

Loading...