अत्तरिया– यहि असार २३ गते (भोलि) हुने कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि मिना देउवा, कल्याण सिंह बोहारा र कबिराज भट्ट चुनाव भिड्दैछन् ।
दुवै प्यानलले आ-आफ्नो जित निकाल्ने दावी गरिरहेका छन् । बोहराको प्यानललाई मिना देउवाको प्यानल टक्कर दिन चुनावी मैदानमा उत्रेको छ । चुनावी प्रचारप्रसारमा तिव्र लागेका छन् ।


देउवा कांग्रेस निटक व्यवसायी हुन् । देउवा निवर्तमान कार्यसमिति सदस्य समेत हुन् । गेटामा व्यबसाय गर्दै आएकी छन् । देउवाको घर कांग्रेस सभापति शेरबहादुर देउवाको गृहवडा हो ।


प्यानलमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत निकटका उम्मेदवार रहेका छन् । बोहराको प्यानललाई कांग्रेस पार्टी समर्थन गरेको छ । बोहराको प्यानलमा नेपाली कांग्रेस निकटका उम्मेदवार रहेका छन् । बोहराको प्यानल घोषणा कार्यक्रममा कांग्रेसका प्रदेश सांसद प्रकाश बम,कांग्रेसका जिल्ला तहका नेता, गोदावरीमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष लगायत नेता कार्यकर्ता सहभागी भएका थिए । बोहराको चुनावी प्रचारप्रसार समेत कांग्रेस नेता कार्यकर्ता लागेका छन्।

बोहराको प्यानलले कांग्रेस पार्टी समर्थन, स्थानीयमा कांग्रेसको सरकार, पुरानो कार्यसमितिको टिम, विगतको असन्तुष्टि पक्ष एक हुनुलाई आफ्नो जितको सुनिश्चितता गरिरहेको छ । यी पक्षलाई बोहरा प्यानलले जितको बलियो आधार मानिरहदा भने यिनै पक्षभित्रको बढ्दो असन्तुष्टिले देउवा प्यानललाई जित निकाल्न सक्ने सम्भावना देखिदै छ ।
कांग्रेस नेतृत्वको स्थानीय सरकारप्रती कांग्रेस निकट व्यवसायी असन्तुष्ट हुनु, गेटामा मेडिकल बिश्वविद्यालय स्थापनार्थमा यस क्षेत्रका कांग्रेस सांसदको भुमिकामा असन्तुष्ट हुनु र आन्दोलन जारी रहनु, महिला मतदाताको बाहुल्यता रहेकोमा कल्याण बोहराको प्यानलमा महिला समावेशी नहुनुवाकोटका , विगतमा निवर्तमान कार्यसमितिको कार्यशैलीप्रती अर्को पक्षले बिरोध गर्नु अहिले सोहि पक्षलाई समर्थन गर्नुले पनि व्यवसायीले नयाँ नेतृत्वलाई खोज्ने सम्भावना देखिएको छ ।
उद्योग बाणिज्य संघ विशुद्ध राजनीति थलो भएकाले राजनीति दाउमेच भन्दापनि व्यवसायी मुद्दा केन्द्रित भएर अगाडि बढ्नु पर्ने अध्यक्षकि उम्मेदवार मिना देउवा बताउन्छिन । प्रचारप्रसारमा जाँदा व्यवसायीको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको र जित हुने देउवाको दावी छ । अत्तरिया उद्योग बाणिज्य संघको नेतृत्वमा आफू आए व्यावसायिक हकहितमा काम गर्ने प्रतिबद्धता जनाइन् ।
देउवाको प्यानलमा अधिकांश नयाँ अनुहारका उम्मेदवार रहेका छन् । नयाँ नेतृत्वको लागी अध्यक्षमा कल्याण सिंह बोहरा , मिनादेबी देउबा र कबिराज भट्ट चुनावी मैदानमा छन । अत्तरिया उद्योग बाणिज्य संघमा १५ सय ६३ मतदाता रहेका छन् ।