धनगढीमा छुट्टाछुट्टै घरमा युवा र युवती मृत भेटिए

धनगढी- धनगढीको तारानगरमा छुट्टाछुट्टै घरमा दुई जना मृत भेटिएका छन् । धनगढी उपमहानगरपालिका–५ को तारानगरमा डेरा गरी बस्ने २६ वर्षीया युवती गंगा भट्ट र तारानगरकै २८ वर्षीय तोयनाथ ओझा मृत भेटिएको प्रहरीले जनाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले तारानगरमा डेरा गरी बस्ने गंगा झुण्डिएको अवस्थामा बेहोस भेटिएपछि उनका श्रीमानले सेती प्रादेशिक अस्पताल पुगाएकोमा अस्पतालले मृत घोषणा गरेको बताए ।

Navadurga sun
Godawari sandesh

उनकाअनुसार उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–९ घर भएर धनगढीमा श्रीमानसँगै बस्दै आएकी थिइन् । उनका दुई जना छोराछोरी छन् । तोयनाथ पनि आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

बिहान सरसफाई गर्न उनको कोठामा प्रवेश गर्ने बेला ओझालाई मृत भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । मृत भेटिएका भट्ट र ओझाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । दुवै जना मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

Loading...