‘मदन भण्डारी ५ किमी रोड रेस’ को उपाधि कञ्चनपुरका चन्द र कैलालीकी खड्कालाई

धनगढी- जननेता मदन भण्डारीको ७२औँ जन्म जयन्तीको अवसरमा कैलालीमा आयोजित ‘५ किमी रोड रेस’ प्रतियोगिताको उपाधि निपूर्ण चन्द र नेहा खड्काले उचालेका छन्।

Ganyapdhura gau

बुधबार नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय रोड रेसमा छात्रतर्फ वैद्यनाथ मावि जडेपानी कञ्चनपुरका निपूर्ण चन्द र छात्रातर्फ धनगढी नमुना मावि कैलालीकी नेहा खड्का प्रथम भएकी हुन्।

Navadurga sun
Godawari sandesh

त्यस्तै परुषतर्फ द्वितीय वैद्यनाथ मावि जडेपानी कञ्चनपुरका विनोद सिंह र तृतीय शारदा मावि धनगढी कैलालीका आयुस मल्ल भए।

Dadeldhura hospital

त्यस्तै चौथो स्थान शारदा माबिकै मुकेश सिंहले प्राप्त गरेका थिए भने पाँचौं र छैटौं त्रिभुवन मावि बोराडाडीका सागर अवस्थी सिद्धनाथ माबिका अस्मित कुमार मारकण्डाले प्राप्त गरे ।

त्यस्तै छात्रातर्फ द्वितीय वैद्यनाथ मावि जडेपानी कञ्चनपुरकी लक्ष्मी भट्ट र सरस्वती मावि कैलालीकी जानकी कडायत तृतीय भइन्। चौथो पञ्चोदय मावि धनगढी कैलालीकी मनीषा खड्का, पाँचौं शारदा माविकी सवनम खातुन र छैटौं पञ्चोयद मावि धनगढी कैलालीकी सपना चौधरी भइन्।

प्रतियोगिताका विजेता छात्र र छात्रा दुबैले प्रथमलाई १०/१० हजार, द्वितीयलाई ७/७ हजार, तृतीयलाई ५/५ हजार , चौथो पाँचौं र छैटौंले क्रमशः ३ हजारदेखि १ हजारसम्म पाएका थिए।

मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित रोड रेसको एमाले केन्द्रीय सचिव तथा पूर्व मन्त्री लेखराज भट्टले रिबन काटेर उद्घाटन गरेका थिए। कार्यक्रमा प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा पार्टी पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल, पूर्व प्रदेश मन्त्री सन्तोष शर्मा थापा, नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष नन्दा बस्याल, केन्द्रीय सचिव तथा खेलकुद महासंघका प्रदेश इन्चार्ज विष्णु चन्दलगायतको उपस्थिति थियो।

रोड रेस प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी, दार्चुला र बैतडी गरि ६३१ जनाको सहभागिता रहेको खेलकुद महासंघका प्रदेश अध्यक्ष प्रकाश चन्दले जानकारी दिए। निश्चित समयमा दूरी पार गर्ने १०० जनालाई प्रशंसा पत्रसमेत उपलब्ध गराइएको थियो।

Loading...