प्रमको चीन भ्रमण भदौमा

धनगढी- परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण आगामी भदौ ९सेप्टेम्बर० मा हुने बताएका छन् ।

Ganyapdhura gau

उनले सोमबार धनगढीमा नेपाल प्रेस कैलालीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीको चीन भ्रमणबाट सकारात्मक फाइदा लिनुपर्ने धारणा राखे । उनले भने, चीनको विकासको छलाङबाट हामीले सकारात्मक फाइदा लिनुपर्छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मन्त्री साउदले यसअघि प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सहमति हुनु ऐतिहासिक उपलब्धि भएको चर्चा गरे ।

बिजुलीको बजार उपलब्ध भएको र अब त्यस अनुसारको काम गर्न सक्नुपर्ने उनले बताए । उनले बङ्गलादेशमा पनि ५० मेगावाट बिजुली बेच्ने सहमति हुनु सकारात्मक उपलब्धि भएको बताए । उनले भारतले चाँडै छोटो एयर रुट दिन सहमति गर्ने विश्वास पनि गरे ।

मन्त्री साउदले नेपाल कुनै पनि मुलुकको सैनिक गठबन्धनमा नभएको बताउँदै त्यसमा नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारे । असंलग्नताले ठुला देशलाई शान्ति स्थापना र मानवताका क्षेत्रमा काम गर्न दबाब दिनु सहज हुने उनको भनाइ छ। मन्त्री साउदले सबै राजनीतिक दल सहमत हुने गरी स्थिर खालको परराष्ट्र नीति बनाउने बताए ।

 

Loading...