सेती प्रादेशिक अस्पतालमा टेलिमेडिसिन सेवा सुरु (सूचना सहित)





धनगढी, ३० जेठ- सेती प्रादेशिक अस्पतालले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ । उक्त सेवा सुरु भएसंगै प्रदेशभर रहेका स्वास्थ्यकर्मी तथा बिरामीहरुले फोनबाटै सम्पर्क गरेर आपतकालिन सल्लाह लिन सक्ने भएका छन् ।


आइतबार अस्पतालले एक सूचना जारी गर्दै कोरोना तथा वर्षातको मौसममा देखापर्ने सर्पदंश, मलेरिया, कालाजार, डेंगु, मेनिन्जाइटिस तथा नसर्ने रोग उच्च रक्तचाप र मुटुरोग सम्बन्धी परामर्श लिन विशेषज्ञ चिकित्सकलाई सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।



अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक डाक्टर शेरबहादुर कमर, डाक्टर निराजनदत्त शर्मा, डाक्टर सन्तोष पाण्डे र डाक्टर निशान भट्टराईलाई बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।
सम्पर्क नम्वर सहितकाे सूचना:




