बैतडीमा अवैध मेडिकल चलाउने स्वास्थ्य शाखा प्रमुखकी श्रीमती पक्राउ

बैतडी- बैतडीमा अवैध मेडिकल चलाउने स्वास्थ्य शाखा प्रमुखकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहकी (पुतारी) श्रीमती श्यामा शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रशासन बैतडीले गत जेठ दोस्रो साता अवैध ठहर गर्दै सिल गरिएको श्यामा क्लिनिक पुनः बिना जानकारी सञ्चालन गरेको पाइएपछि उनलाई शुक्रवार पक्राउ गरेको जनाएको हो ।

Navadurga sun
Godawari sandesh

अवैध रूपमा क्लिनिक सञ्चालन गरी सामान्य स्वास्थ्य शिक्षा समेत हाँसिल नगरेकी (नन मेडिकल पर्सन) श्यामा शाहले बिरामी जाँच्नेदेखि औषधी बिक्री वितरण गर्ने गरेको पाइएपछि मेडिकल सिल गरिएको थियो ।

श्यामालाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए । यस्तै स्थानीयहरूले प्रशासनलाई नटेर्ने र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमाथि गम्भीर खेलबाड गर्ने स्वास्थ्य शाखा प्रमुख दम्पतीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।

 

Loading...