धनगढीमा घरको छतबाट लडेर महिलाको मृत्यु

Dadeldhura hospital

धनगढी- धनगढीमा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ बिशालनगरका रमेश सार्कीको श्रीमती ३८ वर्षीया दिलसरा सार्कीको घरको छतबाट लडेर शनिवार बिहान मृत्यु भएको हो।

सार्की आफ्नै एक तले घरको छतमा सुतिरहेकोमा एक्कासि छतबाट घर अगाडी बरन्डामा खस्नगई घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navadurga sun
Godawari sandesh
Loading...