

धनगढी- कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालयको निर्णय कार्यान्वयको माग गर्दै ४५ जनाले रक्तदान गरेका छन् । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका हुन् ।



सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा पनि समेटेको भएपनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर १ सय शैय्याको अस्पताल चलाउने बताएपछि संघर्ष समितिले विरोधका विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।


संघर्ष समितिले विश्वविद्यालयको सुचिश्चितताका लागि तत्काल चालु संसदको अधिवेशनबाटै शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारीत गरी ६ सय शैय्याको अस्पताल संचालन गर्न दवाव दिदैं रक्तदान कार्यक्रम गरेको हो ।