कुलो भत्किएपछि खेत बाँझिने चिन्ता

कैलाली- कैलालीमा सयौँ बिघा जमिन सिँचाइ हुने कुलो (नहर) बाढीले भत्काएको एक वर्ष बित्दा पनि पुनर्निर्माणका लागि कसैले चासो दिएका छैनन्। घोडाघोडी नगरपालिका–१, घोडाघोडीस्थित कुलोमा पानी नियन्त्रणका लागि बनाइएको आउटलेटसहित पक्की कुलो गत वर्षको बाढीले भत्काएको हो।

कुलोको अभावमा अहिले धान लगाउँदा किसानले आकाशे पानीको भरमा खेती लगाउनुपर्ने बाध्यता छ। यस कुलो कैलाली जिल्लाको वर्षौं पुरानो आयोजना हो। बग्दौली कुलोको पानीले घोडाघोडी, कौवा, कैलाशपुर क्षेत्रका सयौँ बिघा जमिन सिँचाइ हुँदै आएको थियो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नकरोड तालको पानीलाई कुलोको माध्यमबाट खेतबारीसम्म पुयाई वर्षभरि सिँचाइ गरेर धान, मकै, गहुँ खेती गर्दै आएका थिए। समय समयमा किसान आफैँ एकजुट भई कुलो सफा, ड्याम मर्मत गर्दै आएका स्थानीय सीता विकले बताए ।

सिँचाइ डिभिजन कार्यालयको सहयोगमा केही वर्ष पहिले करिब १४० मिटर कुलो निर्माण तथा ड्याम, आउटलेट निर्माण गरिएको बग्दौली सिँचाइ जल उपभोक्ता समितिका उपाध्यक्ष हरिलाल सापकोटाले बताउनुभयो। बाढीले भत्काएको कुलो पुनर्निर्माणका लागि करिब ३० लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ। केन्द्र र प्रदेश सरकार तथा सांसद र स्थानीय तहका प्रमुखलाई सिँचाइको समस्याबारे जानकारी गराउँदा कुनै पनि सुनुवाइ नभएको गुनासो उनले गरे ।

असार १५ सम्म बग्धौली सिँचाइ कुलोको पानीले धान रोपेर सक्ने यहाँका किसान अहिले जग्गा बाँझो हुने हो कि भन्ने चिन्तामा पर्न थालेका छन्। जल उपभोक्ता समितिका पूर्वअध्यक्ष एवं सल्लाहकार समिति सदस्य नरहरि रिजालले बग्धौली सिँचाइ आयोजनाबाट दुई सय हेक्टर खेतीयोग्य जमिन सिँचाइ हुने गरेको बताए ।

गत वर्षको बाढीले कुलो भत्काएपछि किसानले जेनतेन धानको बिउ राखे पनि रोप्न चिन्ता बढेको छ। सीमसार क्षेत्रनजिक रहेको निक्कै उर्वरा भूमि क्षेत्रमा सिँचाइमा समस्या आएपछि उत्पादन घट्ने चिन्ता बढेको छ।

Loading...