



कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४४ वर्षीय अमर बिष्टको करेन्ट लागेर मृत्यु भएको हो ।


आफ्नै घरमा मोटरको प्लगको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा बुधवार बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।





