अछाममा भेटियो भरुवा बन्दुक

अछाम- अछाममा एक थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ। जिल्लाको चौरपाटी गाउँपालिका–१ वडा मेयरको जङ्गलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको हो।

भरुवा एक थान बन्दुक फेला परेको प्रहरीले जनाएको छ। बुधवार बिहान प्रहरी चौकी सिउँडी अछामबाट खटिएको प्रहरी गस्ती टोलीले सो जङ्गलमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ।

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...