धनगढीको मुख्य सडकको शिलान्यास

धनगढी- कैलालीस्थित धनगढीको मुख्य बजारमा बन्ने सडकको आज शिलान्यास गरिएको छ । कैलाली पुलदेखि हुलाकी सडकको जिरो प्वाइन्टसम्मको सडक स्तरोन्नतिको शिलान्यास गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले सो आयोजनाको शिलान्यास गरे । धनगढीको मुख्य बजारको यो सडक सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय कैलालीमार्फत बनाउने गरी गत वैशाख २७ गते ठेक्का भएको थियो । के।एस। कन्स्ट्रक्सन प्रालि, धनगढीले निर्माणको ठेक्का पाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मूल्य अभिवृद्धि करसहित ५१ करोड ६८ लाख ७८ हजार रुपियाँ लागतमा बन्ने सडकको निर्माण कार्य २०८२ वैशाख २६ गतेभित्र गरिसक्नु पर्ने जनाइएको छ । निर्माण व्यवसायीले तोकिएको समयभित्रै निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाएकाले समयमै काम सकिनेमा विश्वस्त रहेको मन्त्री देउवाले बताए ।

दुई किलोमिटर तीन सय मिटर लामो बन्ने सडकका लागि गत तिहारपछि धनगढीमा सडक अधिकार क्षेत्रमा परेका संरचना भत्काइएको थियो । यो सडक बनाउनका लागि कुल चार सय २८ घर भत्केको जनाउँदै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले आउने असार मसान्तभित्रै सडक तयार हुनेमा आशावादी रहेको बताए । सडक स्तरोन्नतिका लागि घर भत्काउने घरधनीहरुलाई धनगढी उपमहानगरपालिकाले सम्मान गरेको छ ।

सडक स्तरोन्नति आयोजना शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो ।

Loading...