भीमदत्त नगरपालिकाका पूर्वमेयर विष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वनगरप्रमुख सुरेन्द्रबहादुर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन निमित्ति प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १२ जना तथा भवानी कन्स्ट्रक्सन प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

Dadeldhura hospital

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूबीच आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

Navadurga sun
Godawari sandesh

महाकाली नदीबाट आर्थिक वर्ष २०७७–०७८ मा नदीजन्य वस्तुको राजस्व उठाउने ठेक्कामा मिलेमतो गरी राजस्व चुहावट गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।

 

Loading...