सालघारीका दुई युवक ब्राउनसुगरसहित पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रबाट प्रहरीले ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । बिहीबार साँझ भीमदत्त नगरपालिका–१८ का १८ वर्षीय अभिषेक सोनाम र सोही ठाउँका २४ वर्षीय प्रशान्त कुँवरलाई प्रहरीले ५.९९ ग्राम शुद्ध तौलको ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

उनीहरु सोही वडाको एक घरमा डेरा गरी बसिरहेका थिए । शङ्काको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले खानतलास गर्दा उनीहरुको साथबाट ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...