कञ्चनपुरका एक युवकको करेन्टले लागेर मृत्यु

Dadeldhura hospital

धनगढी- कञ्चनपुरका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–४ देखतभूलीका धनबहादुर रानाको छोरा अन्दाजी १७ वर्षीय सञ्जय रानाको करेन्ट लागेर मृत्यु भएको हो।

कैलालीको चिसापानी विद्युत लाइन खिच्ने क्रममा करेन्ट लागेर बुधवार साँझ उनको मृत्यु भएको बताइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
Godawari sandesh
Loading...