ढुंगा लोड गरेको ट्रयाक्टरबाट खसेर १५ वर्षीय किशोरको मृत्यु

बाजुरा- बाजुरामा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। त्रिवेणी नगरपालिका–९ का १५ वर्षीय नितेश थापाको ट्याक्टरबाट खसेर मृत्यु भएको हो।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी नगरपालिका–९ गडतोलास्तिथ बूढीगंगा नदीको किनारबाट ढुङ्गा लोड गरेर फर्किने क्रममा से १ त १४०८ नम्बरको ट्रयाक्टरबाट उनी खसेका थिए।

Navadurga sun
Godawari sandesh

शरीरमा भित्री चोट लागेर गम्भीर घाइते भएका थापाको उपचारको लागि डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा शनिबार बेलुका बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ। ट्रयाक्टर चालक त्रिवेणी नगरपालिका–४ तोलीका ३५ वर्षीय गगन साउदले फरार छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

Loading...