७० हजार घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ

काठमाडौं- धनुषा नगराइन नगरपालिका-२ का वडाध्यक्ष र वडासचिव पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले बुधबार वडाध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई पक्राउ गरेको हो।

Dadeldhura hospital

७० हजार घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। उनीहरूले सडक निर्माण सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागेका थिए।

Navadurga sun
Godawari sandesh

उक्त सूचना पाएपछि प्रहरीले उनीहरूलाई नगराइन नगरपालिका वडा नं. २ नगराइन चोकबाट पक्राउ गरेको हो। अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Loading...