अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

बाजुरा- जिल्लाको पूर्वी क्षेत्रमा रहेको एक वडा कार्यालयमा गएराति आगजनी भएको छ । हिमाली गाउँपालिकाको वडा –५ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेका हुन् ।

Ganyapdhura gau

२०८० जेठ ३० गते बेलुकी ८ देखि ९ बजेको बीचको समयमा सो वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हिमाली गाउँपालिकाका पदाधिकारीले जनाएका छन् ।

Navadurga sun
Godawari sandesh

वडा कार्यालयको ढोका तोडफोड गरी त्यहाँ रहेका महत्त्वपूर्ण कागजात जलाउनुका साथै तीन वटा कुर्सी, कम्प्युटर, प्रिन्टर समेत तोडफोड गरेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।

Dadeldhura hospital

उनले भने, ‘भोलि त्यो वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि शिविर बसाल्ने तयारी थियो । वडा कार्यालयमा तोडफोड गरी कागजात जलाएपछि सो काम स्थगित भएको छ ।’

वडा कार्यालयनजिक कवाडी प्रहरी चौकी छ । प्रहरी चौकीबाट सो वडा कार्यालयमा पुग्न पैदल ५ मिनेटको समय लाग्छ । हिमाली गाउँपालिकाका स्थानीयको सहजताका लागि केही वर्ष यता कवाडीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरेको थियो ।

नागरिकको जीउ धनको सुरक्षाका लागि त्यहाँ अस्थायी प्रहरी पोष्ट स्थापना गरे पनि यहाँका नागरिक असुरक्षित रहेको स्थानीय रामदल बुढाले बताए । उनले भने, ‘वडा कार्यालयनजिक जुवा, तास खेल्ने र जाँडरक्सी खाएर हल्ला गर्दैआएको भए पनि प्रहरीले उनीहरूलाई कहिले पनि सुझाव नदिएको बताए ।

कार्यालय तोडफोड गर्ने एक जनालाई पक्राउ गरेर सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बाजुरा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरले बताए ।

Loading...