वीरगञ्जबाट १०२ राउन्ड गोली बरामद

Dadeldhura hospital

काठमाडौँ- वीरगंज महानगरपालिका- १० स्थितबाट विभिन्न हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली बरामद भएको छ। वीरगञ्ज महानगरपालिकाको डोजरले बाटोको नाला सफा गर्ने क्रममा शंकास्पद रुपमा प्लास्टिकको झोला भेटिएको सूचनापछि प्रहरी चौकी आदर्शनगरबाट खटिएको प्रहरीले झोला जाँच गर्ने क्रममा उक्त परिमाणको गोली फेला पारेको हो।

प्रहरीका अनुसार उक्त झोलामा हर्नेटमा प्रयोग हुने १७ राउन्ड, एसएलआरमा प्रयोग हुने ४ राउन्ड, ९ एमएमको ३२ राउन्ड, ३८ बोरको २४ राउन्ड, ४५ एमएमको ४ राउन्ड, फेडेरल म्यागनममा प्रयोग हुने ८ राउन्ड, विनचेस्टरमा प्रयोग हुने ५ राउन्ड, ५४ एमएमको ३ राउन्ड, ७ एमएमको १ राउन्ड र बिग्रेको खोका ४ राउन्ड गोली बरामद भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले विज्ञप्तिमार्फत् जनाएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...