सुदूरपश्चिम प्रदेशमा थप २२५ जनामा कोरोना संक्रमण, २०७ जना संक्रमणमुक्त, ६ जनाको मृत्यु

अत्तरिया, २७ जेठ- सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा २८२ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १ हजार ३८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन् । यी दुवै विधिबाट गरिएको परिक्षणमा २२५ जनामा संक्रमण पुस्टि भएको छ ।

Dadeldhura hospital

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १८८ जनाको नमूना परीक्षण गर्दा ८६ जना, महाकाली अस्पतालमा २९ जनाको नमुना परीक्षण गर्दा २ जना, डडेल्धुरा अस्पतालमा २० जनाको नमूना परीक्षण गर्दा ८ जना, डोटी अस्पतालमा १८ जनाको नमूना परीक्षण गर्दा ४ र बैतडी अस्पतालमा २७ जनाको परिक्षण गर्दा ३ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिम प्रदेशमा बिहीबार ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरका २ जना, कैलाली, डडेल्धधुरा, अछाम र बाजुराका १/१ जना गरि ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २०७ जना संक्रमित निको भई घर फर्किएका छन् ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ४३ हजार २११ नमूना परीक्षण गर्दा ४२ हजार ३३७ जनामा संक्रमण पुस्टि भएको छ । हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका ३२ हजार ४०५ जनाले कोरोना जितेका छन् भने, ५५१ जनाको मृत्यु भएको छ ।

Loading...