बजेट अभावले ओझेलमा महाकाली कोरिडोर

कञ्चनपुर- कञ्चनपुरको ब्रह्मदेवबाट डडेलधुरा, बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिङ्कर जोड्ने महाकाली कोरिडोर सडक आयोजनामा बजेट अभाव देखिएको छ।

महाकाली कोरिडोर अन्तर्गत ब्रह्मदेवदेखि दार्चुलाको सुन्सेरासम्म ३३४ किलोमिटर सडक आयोजनामार्फत र सुन्सेरादेखि टिङ्करसम्मको बाँकी ७९ किलोमिटर सडक सेनाले निर्माण गरिरहेको छ।

Navadurga sun

महाकाली कोरिडोरमा आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब तीन करोड बजेट विनियोजन गरिएकामा चालु आव २०७९/८० मा ५१ करोड मात्रै बजेट विनियोजन गरिएको थियो। आगामी आव २०८०/८१ का लागि अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा समेत महाकाली कोरिडोरका लागि ४५ करोड रुपियाँ मात्रै विनियोजन गरिएको उल्लेख छ।

बजेट अभाव र सडक क्षेत्रमा पर्ने रुख कटानको आदेश समयमै नआउँदा महाकाली कोरिडोर निर्माणमा ढिलाइ भइरहेको महाकाली कोरिडोर आयोजना कार्यालय प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए । कोरिडोर अन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर सडक पर्छ।

कोरिडोरको ११ किलोमिटरदेखि ६९ किलोमिटर सडक डडेलधुरामा पर्छ। डडेलधुरामा ११ देखि ३८ किलोमिटरसम्म ट्र्याक खुलाउने काम भइसकेको र बाँकी ३९ देखि ६९ किलोमिटरसम्मको ३१ किलोमिटर सडकमा रुख कटान आदेश आउन बाँकी रहेको कार्यालय प्रमुख जोशीले बताए ।

कोरिडोरको ६९ देखि २१३ किलोमिटर क्षेत्र बैतडीमा पर्छ। बैतडीमा ४८ किलोमिटर सडक क्षेत्रमा ट्र्याक खुलाउन बाँकी रहेको छ। २१३ देखि ३३४ किलोमिटरसम्म दार्चुलामा पर्छ। दार्चुलामा पनि २२ किलोमिटर सडकको ट्र्याक खुलाउन बाँकी रहेको उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...