यस्तो छ, सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम (पूणर्पाठसहित)

अत्तरिया, २७ जेठ- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । सुदूरपश्चिम प्रदेश प्रदेश प्रमुख गंगाप्रशाद यादवले प्रदेश सभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षका कार्यक्रमलाई नै निरन्तरता दिदै केही नयाँ कार्यक्रम ल्याएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणसंगै स्वास्थ्य क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । हाम्रो देश स्वस्थ प्रदेश, प्रदेश निर्वाचन क्षेत्र स्तरीय अस्पताल स्थापना लगायतका कार्यक्रम सञ्चालन हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Navadurga sun

यस्तै सबैका लागि शिक्षा अभियान, एक जिल्ला एक नमूना क्याम्पस स्थापना, एक स्थानीय तह एक पुस्तकालय स्थापना, देवभूमी सुन्दर ठाउँ सुदूरपश्चिम घुम्न जाउँ अभियान, विज्ञान प्रविधी प्रतिष्ठान स्थापना, विकाससंग रोजगारी कार्यक्रम, एक निर्वाचन क्षेत्र एक खेल मैदान स्थापना, मुख्यमन्त्री खेलकुद, प्रदेशका गाउँ उज्यालो बनाउँ, मुख्यमन्त्री एकिकृत बस्ती विकास कार्यक्रम, आवास सुधार कार्यक्रम, नमुना गाउँ,आफै बनाऔं लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा अटाएका छन् ।

अधिकांश पुराना ठूला कार्यक्रमलाई निरन्तरता दिएको प्रदेश सरकारले कृषि, उद्योग, ऊर्जा, जलस्रोत र पर्यटनलाई दीगो विकास र समृद्धिका लागि उच्चतम उपयोग गर्ने उद्देश्यका साथ प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरेर प्रस्तुत गरेको छ ।

सुदूरपश्चिम-प्रदेश-सरकारको-आ.व.-2078-79 को नीति तथा कार्यक्रम :

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”2861″ /]

ADD Khali jpg
ADD Khali jpg
Loading...