बैतडी कारागारका एक कैदीबन्दीको बाँकी कैद मिनाहा

बैतडी- जिल्ला कारागार बैतडीमा रहेका एक जना कैदी बन्दीको बाँकी कैद मिनाहा गरिएको छ । गणतन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा १० वर्ष ६ महिना कैद सजाय भएका जिल्लाको सुर्नया गाउँपालिका –४ का देवेन्द्रबहादुर कुवँरको बाँकी कैद मिनाहा भएको कारागार बैतडीका प्रमुख धारा भण्डारीले बताइन्।

Dadeldhura hospital

कर्तव्य ज्यान मुद्दामा २०७३ पौष २९ गते कारागार चलान भएका कुँवरको कैद भुक्तान २०८४ असार २८ हुने भएपनि गणतन्त्र दिवसको अवसरमा उनको बाँकी कैद मिनाहा भएको भण्डारीले बताइन्। कुँवरले ६० प्रतिशत कैद भुक्तान गरिसकेका छन्। ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलन रहेका कैदीबन्दीहरुको बाँकी कैद मिनाहाका लागि सिफारिश गरिएको आधारमा कुँवरको बाँकी कैद मिनाहा भएको हो।

Navadurga sun
Godawari sandesh

मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको बैठकमा सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम १७ जना कैदी सजाय भुक्तान गरिरहेका व्यक्तिहरूको बाँकी कैद सजाय मिनाहा गरेका हुन् ।

 

Loading...