बलात्कार आरोपित गौतम उपप्राध्यापकबाट निलम्बित

रूपन्देही – बलात्कार अभियोगमा प्रहरी हिरासतमा परेका दाङको देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम पदबाट निलम्बित भएका छन् ।

Dadeldhura hospital

क्याम्पस सञ्चालक समितिको बिहीबार बसेको बैठकले क्याम्पस सञ्चालक समितिको कोषाध्यक्षसमेत रहेका गौतमलाई निलम्बित गरेको क्याम्पस प्रमुख शिव वलीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

क्याम्पस सञ्चालक समितिका अध्यक्ष गणेशकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले पूर्वक्याम्पस प्रमुखसमेत रहेका गौतमलाई उनी पक्राउ परेको दिनदेखि नै लागू हुने गरी सबै पदबाट निलम्बित गर्ने निर्णय गरेको क्याम्पस प्रमुख वलीले बताए ।

लमही नगरपालिका वडा नं. ५ रातोडाँडाका उपप्राध्यापक गौतमले जेठ ८ गते दिउँसो घरमा कोही नभएको समयमा एक २२ वर्षीया छात्रालाई जागिरको प्रलोभन देखाएर बलात्कार गरेको जाहेरीपछि सोही दिन उनी पक्राउ परेका थिए । जेठ ९ गते जिल्ला अदालतले गौतमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको थियो ।

 

Loading...