आज पनि गोदावरीमा कोरोना बिरुद्धको खोप लगाइदै

अत्तरिया, २६ जेठ- कैलालीको गोदावरी नगरपालिकामा आज पनि कोरोना बिरुद्धको खोप लगाइदै छ । चिन सरकारवाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप हिजो देखी लगाउन सुरु गरिएको हो । नगरपालिकाले तोकेका विभिन्न ३ वटा खोप केन्द्रवाट आज पनि खोप लगाइन लागेको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको मालाखेती अस्पताल नजिकै रहेको नवज्योति स्कूल, गोदावरी नगरपालिका वडा नं. ५ मा रहेको गेटा स्वास्थ्य चौकी र गोदावरी नगरपालिका वडा नं. ११ ओलानीमा रहेको गोदावरी स्वास्थ्य चौकीवाट गोदावरी नगरपालिका भित्रका ६० बर्ष देखि ६४ बर्ष उमेर समुहका जेष्ठ नागरिक, पहिले खोप नपाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, बैंकका कर्मचारीहरूलाई लगाइदैछ ।

Navadurga sun

कोरोनाका कारण निकै आक्रन्त यस क्षेत्रका नागरिकहरु खोप लगाउनका लागि निकै उत्साहित देखिएका छन् । जेष्ठ नागरिकहरु अझ बढी उत्साहित देखिएका छन् ।

हिजो बाकिँ दुई केन्द्रको अबस्था सामान्य देखिएपनि नवज्योति स्कूलमा भने खोप लगाउनेको बिहानैदेखी भिड लागेको थियो । खोप लगाउनका लागि जेष्ठ नागरिकहरु टन्टलापुर घाममा उभिन बाध्य भएका थिए । हिजो पहिलो दिन ५ सय ४८ जनाले खोप लगाएको नगरपालिकाले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...