७ वटै प्रदेशमा सेवा विस्तार गर्दै सिभिल अस्पताल

काठमाडौं- निजामती कर्मचारी ९सिभिल० अस्पतालले आफ्नो सेवा ७ वटै प्रदेशमा विस्तार गर्ने भएको छ। सेवा विस्तारका लागि प्रक्रिया समेत सुरु गरिसकेको अस्पतालले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशमा सेवा सुरुका लागि प्रक्रिया सुरु भएको अस्पतालका कार्यकारी निर्देशक डा विद्याननिधि पौडेलले जानकारी दिए। सातै प्रदेशमा सिभिल अस्पताल स्थापना गर्नेभन्दा पनि संघीय अस्पतालमै समन्वय गरेर सेवा सुरु गरिने उनले बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले भने, ‘सानो उपचारका लागि काठमाडौं आउन नपरोस् भन्ने उद्देश्यले संघीय अस्पतालसँग समन्वय गरी निजामती कर्मचारीले छुट पाउने व्यवस्था गर्ने योजना छ।’

प्रदेश सरकार र संघीय अस्पतालसँग यस विषयमा छलफल भइरहेको उनले बताए। सिभिल अस्पताललाई रिफरल अस्पतालको रुपमा विकास गर्ने पनि उद्देश्य रहेको डा पौडेलले बताए।

‘प्रदेशमा छुट्टै अस्पताल बनाउने हाम्रो योजना छैन। र, सकिँदैन पनि। छुट्टै अस्पताल सञ्चालन गर्दा जनशक्ति, भौतिक पूर्वाधार र बजेटको पनि अभाव हुन्छ,’ उनले भने, ‘संघीय अस्पताललाई नै विकास गरेर शाखा विस्तार गर्ने हो।’

आगामी आर्थिक वर्षमा सिभिल अस्पतालको सेवा सात वटै प्रदेशमा विस्तार गर्ने नीति तथा कार्यक्रममा समेत परेको छ।

 

Loading...