बैतडीमा नियम विपरीत संचालित क्लिनीकमा सिल

बैतडी- बैतडीमा नियम विपरीत संचालीत क्लिनीकमा सिलबन्दी गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ आमचोरामा रहेको श्यामा क्लिनीक सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

Dadeldhura hospital

अनुगमन टोलीले नियम विपरीत उक्त क्लिनीकपञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहकी श्रीमती संचालन आएकी थिइन्। उनले कुनै मेडिकल शिक्षा विना संचालन गरेको पाइएपछि प्रशासनले शिल गरेको जनाएको छ। साँझ बिहान स्वास्थ्य संयोजक शाह बस्ने भएपनि दिनको समयमा उनकी श्रीमतीले मेडिकलबाट औषधी बेच्ने र बिरामी समेत चेकजाँच गर्दै आएकी थिइन।

Navadurga sun
Godawari sandesh

यता पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले मेडिकल कोर्ष नगरेका मान्छेले मेडिकल सञ्चालन गर्ने गरेको व्यापक जनगुनासो आएको बताइन्। मेडिकल कोर्ष गरेका व्यक्तिको व्यवस्थापन नहुँदा सम्मका लागि मेडिकल सिल गरिएको उनले बताइन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी लगायतका सरोकारवाला निकायको संयुक्त टोलिले अनुगमन गरिएको थियो।

Loading...