फारवेल फुडल्याण्ड नयाँ व्यवस्थापनका साथ आयो सञ्चालनमा

अत्तरिया- सुदूरपश्चिम प्रदेशको केन्द्रबिन्दु रहेको कैलालीको गोदावरी नगरपालिका अत्तरियामा फारवेल फुडल्याण्ड सञ्चालनमा आएको छ । वर्षौंदेखि अत्तरिया चोक नजिकै द होटल फारवेल सञ्चालन हुँदै आइरहेको होटल बुधबार देखि नयाँ व्यवस्थापनका साथ स्थानान्तरण गरी धनगढी रोड नेपाल टेलिकम नजिक फारवेल फुडल्याण्ड सञ्चालनमा आएको हो ।

स्थानीय व्यवसायी यज्ञराज जोशी र प्रमोद अधिकारीले मिलेर २५ लाख बराबरको लगानीमा नयाँ व्यवस्थापनका साथ सुविधा सम्पन्न द फारवेल फुडल्याण्ड सञ्चालनमा ल्याएका हुन् ।

Navadurga sun

उक्त फुडल्याण्डको बुधबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् । वर्षौंदेखि अत्तरिया चोक नजिकै द होटल फारवेल सञ्चालन गर्दै आएका स्थानिय ब्यवसायी प्रमोद अधिकारी र यज्ञ राज जोशीले स्थानान्तरण गरी द फार वेल फुडल्याण्ड नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएका हुन् ।

अत्तरिया चोक नजिकै चलाउँदै आएको द फार वेल होटललाई स्थानान्तरण गरी नयाँ व्यवस्थापनका साथ फारवेल फुडल्याण्ड सुविधा सम्पन्न क्याफे प्रकारको सञ्चालनमा ल्याएको फुड ल्याण्डका संचालक प्रमोद अधिकारीले बताए । उनले सञ्चालनमा ल्याइएको यस फुड ल्याण्डमा बर्गर, पिज्जा, तन्दुरीको सम्पूणर् परिकारहरु उपलब्ध गराउने संगै नयाँ सेटमा खानाका परिकारहरुको साथै आईसक्रीम, मिल्क शेक, कोल्ड कफी देखि लिएर विभिन्न स्वादिष्ट परिकारहरु पाइने बताए ।

उनले पूर्ण रूपमा एसी सहित पारिवारिक वातावरण बच्चाहरूको लागि उचित सुविधा उक्त फुड ल्याण्डमा रहेको बताए । साथै खुल्ला किचन जसमा ग्राहकहरुले आफूले अर्डर गरेका खानाका परिकारहरु हेर्दै खान पनि सकिने सुबिधा रहे संगै ग्राहकहरुलाई मध्यनजर गरेर होम डेलिभरीको सुविधा समेत रहेको बताए ।

उनले ग्राहकहरुले अन्य टाढा-टाढा क्षेत्रमा राम्रो होटल छ भनेर मूल्यांकन गर्छन त्यसलाई मध्यनजर राखी हामीले सञ्चालनमा ल्याएको यस फुड ल्याण्डमा कुनै पनि तरिकाको कमी नहुने गरेर थप सुविधा प्रदान गर्ने बताए । उनले ग्राहकहरुको सहयोगको समेत अपेक्षा रहेको र ग्राहकहरूको स्वादलाई निरन्तरता दिने प्रयास गर्ने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...