मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन





अत्तरिया, २५ जेठ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्।


देशमा जारी राजनीतिक संकट र प्रदेश सभाभित्रैबाट उनको राजीनामा माग गरिन थालिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिन मागेका थिए । बिहान ९ बजे बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिने कार्यतालिका अनुसार भएको मतदानमा ३० मत पाएका थिए ।



मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्टै मत खसाल्ने व्यवस्था गरिएको थियो।
सुदूरपश्चिम प्रदेश सरकार नेकपा माओवादी र नेकपा एमालेको संयुक्त गठबन्धनको सरकार रहेको छ । तर नेकपा एमालेभित्रको ओली समूह प्रदेश सरकारको विरोधमा रहेको छ।
नेकपा एमाले माधव समूहको समर्थनमा मुख्यमन्त्री भट्टले विस्वासको मत पाएका हुन । कूल मत ५१ रहेको प्रदेश सभामा सभामुख अर्जनबहादुर थापाले मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका पक्षमा ३० मत खसेको र विपक्षमा ९ मत जो एमालेको ओली समुहका ७ र जसपाका २ जना ले मतदान गरेका हुन् ।



