पूर्वगृहमन्त्री खाँणको बयान सकिएन, भोलि पनि लिने

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ ।

Dadeldhura hospital

आज लिएको बयान नसकिएपछि भोलि पुन बयान लिन लागेको हो । सरकारको वकिलको कार्यालयले यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न पनि प्रहरीलाई भनेको छ ।

Navadurga sun
Godawari sandesh

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै समय मागेपछि जिल्ला अदालतले हिजो मात्रै उनलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहित, खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Loading...