पाटनमा मेयर तथा उपमेयर कप क्रिकेट हुने

बैतडी- बैतडीको पाटन नगरपालिकामा मेयर तथा उपमेयर कप टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। पाटन क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगितामा नगरपालिकाभित्र रहेका क्लब तथा समूहको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुन चाहने क्लबहरुलाई यहि जेठ ३ गतेभित्र सम्बन्धित वडाको सिफारिशमा टिम दर्ता गरिसक्नुपर्ने नगरपालिकाले जनाएको छ।

Dadeldhura hospital

पाटन क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगिताको मिति अझै टुंगो लाग्न भने बाँकी रहेको छ। नगरपालिकाको आर्थिक सहयोग र पाटन क्रिकेट क्लबको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन गइरहेको प्रतियोगिताको पुरस्कार राशीको पनि टुंगो लाग्न बाँकी छ। टिम दर्ता भएपछि पुरस्कार राशी र मिति घोषणा गरिनेछ।

Navadurga sun
Godawari sandesh

प्रतियोगिताका खेलहरु पाटन-६ स्थित कृष्ण माविको खेलमैदानमा हुने पाटन क्रिकेट क्लबका अध्यक्ष किरण चन्दले जानकारी दिए। नगरपालिकाले यसअघि पनि मेयर कप क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ।

 

Loading...