बैतडीको सुर्नया गाउँपालिकाले कुपोषित बालबालिकाको खोजी गर्दैै

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाले कुपोषित बालबालिकाहरुको खोजी गर्न थालेको छ । पालिकाले प्रत्येक वडाका हरेक घरधुरीमा पुगेर कुपोषित बालबालिकाहरुको खोजी गर्ने गर्न थालेको हो ।

Dadeldhura hospital

जेड स्कोरिङ विधिबाट कुपोषित बालबालिकाहरुको खोजी गर्ने कार्य शुरु गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । जन्मेको ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुको चेकजाँच गरेर कुपोषित भेटिएमा उनीहरुलाई उपचारमा ल्याउने गरिएको उनले बताए ।

Navadurga sun
Godawari sandesh

स्वास्थ्य चेकजाँचका क्रममा कुपोषित भेटिएका बालबालिकाहरुलाई पोषिलो खानेकुरा खुवाउनका लागि अभिभावकहरुलाई जागरुक गर्ने गरिएको छ । शीघ्र कुपोषित भएका बालबालिकाहरुलाई नजिकका स्वास्थ्य संस्थामा रहेका ओटीसी सेन्टरमा लगेर उपचार गर्ने, पोषिलो खानेकुरा आरयुटीएफ दिने र उपचारका लागि अन्यत्र लैजानुपर्ने भएमा रेफर गर्ने गरिएको महराले बताए ।

कुपोषित भएका बालबालिकाहरुको उपचारका लागि आर्थिक समस्या भएका परिवारलाई केही प्रोत्साहन गर्ने समेत पालिकाको नीति रहेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । सुर्नया गाउँपालिकालाई कुपोषणरहित गाउँपालिका बनाउने अभियान अन्तर्गत कुपोषित बालबालिकाहरुको खोजी गर्ने कार्य भइरहेको हो ।

 

Loading...