स्वतन्त्र जितेका अध्यक्षको गुनासो- गाउँपालिका राष्ट्रिय महासंघले अस्तित्व स्वीकार गरेन

डोटी- स्थानीय तहको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका बैतडीको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी गाउँपालिकाहरुको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघले स्वतन्त्रको अस्तित्व स्वीकार नगरेको गुनासो गरेका छन् ।

Dadeldhura hospital

आफू निर्वाचित भएको एक वर्षको कार्यकाल सम्झंदै जोशीले यो अवधिमा धेरै तिता-मिठा अनुभवहरू लिने अवसर पाइएको सुनाए । ‘गाउँपालिका महासंघले स्वतन्त्र उम्मेदवार भएर जितेका अध्यक्ष-उपाध्यक्षहरुको अस्तित्व स्वीकार गर्दो रहेनछ,’ जोशीले भने, ‘यो पनि तितो अनुभव हो, मलाई अचम्म लागेको छ ।’

Navadurga sun
Godawari sandesh

उनले महासंघको विधान संशोधन भएर स्वतन्त्रहरु पनि महासंघ परिवारको हिस्सा बन्ने विश्वास रहेको बताए । ‘यद्यपि दलहरुको माथिल्लो नेतृत्वको हामी स्वतन्त्रहरुप्रति गरेको अपेक्षा, विश्वास र साथको म अन्तरहृदयबाटै प्रशंसा गर्न चाहन्छु,’ जोशीले थपे, ‘स्थानीय तहमा दलगतभन्दा स्वतन्त्र व्यक्तिहरु निर्वाचित हुने पद्धतिको विकास हुनुपर्छ ।’

संविधान र स्थानीय सरकार संचालन ऐनले गाउँपालिकामा प्रतिपक्ष दलको व्यवस्था नहुने गरि संरचना बनाएको बताउँदै उनले त्यसैले स्थानीय तहमा दलविहीन उम्मेदवारी हुनुपर्ने बताए । जनताको साझा माग र अधिकार पूरा गर्न कुनै दलसँग आवद्ध नभइ स्वतन्त्र व्यक्तिले मात्रै सक्ने उनको दाबी छ ।

Loading...