कर्णाली करिडोर भाेलिदेखि एक हप्ता बन्द हुने

कालीकोट- कर्णाली करिडोर अन्तर्गत कालीकोटको नरहरिनाथ–८ खुलालुबाट हुम्लाको सलीसल्ला सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ । कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नतिको कार्य हुने भएकाले सात दिनका लागि करिडोर बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गर्दै कर्णाली करिडोरको खुलालु पक्की पुल छेउछाउमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले एक हप्ताका लागि बन्द गरिएको जानकारी गराएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

भोलिदेखि सात दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए ।

‘खुुलालु क्षेत्रको सडक स्तरोन्नतिकाे काम सुरु हुने भएकाले एक हप्ताका लागि याे क्षेत्रमा सडक बन्द गरिएको हो’, उनले भने, ‘करिडोर जोड्ने एउटामा मात्रै खुलालु पुल हो । त्यही काम गर्नु परेकाले एक हप्ता बन्द गरिएको हो ।’

सडक बन्दले कर्णाली करिडोर हुँदै कालीकोटको नहरिनाथ, सान्नी त्रिवेणी, पचालझरना, पलाँता गाउँपालिका, रास्कोट नगरपालिका, बाजुरा, मुगु र हुम्ला जानका लागि आवतजावत प्रभावित हुने भएको छ ।

Loading...