


धनगढी- धनगढीमा मोटरसाइकलसहित ६ लाखको समान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट भारतीय नम्बरको पल्सर मोटरसाइलसहितको अवैध समान बिहीवार बरामद गरिएको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्लाको संयुक्त टोलीले अवैध समान बरामद गरेको जानकारी दिए। बरामद गरिएका समान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइने प्रहरी निरीक्षक साउदले बताए।

